नियम १७
स्वामित्व उल्लेख गर्नु पर्ने
(१) दलाल वा बजार निर्माताले ऋणपत्रको प्रकृतिको आधारमा धितोपत्र बोर्डले तोके बमोजिम व्यक्तिगत वा संस्थागत स्वामित्वमा रहने गरी ऋणपत्रको दोस्रो बजार कारोबार गर्नु पर्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दलाल वा बजार निर्माताले आफ्नो स्वामित्वमा रहने गरी खरिद गरेको ऋणपत्रको हकमा व्यक्तिगत वा संस्थागत दुवै किसिमको स्वामित्व रहने गरी ऋणपत्र खरिद गर्न सक्नेछ ।